Section 25A
कसुर गरेको मानिने
कसैले देहाय बमोजिमको कुनै कार्य गरेमा यस ऐन “बमोजिमको कसुर गरेको मानिनेछ :-
(क) दफा ४ को- उपदफा (१) बमोजिमको कर्तव्यको पालना सन्तान वा परिवारका सदस्य वा हकवालाले नगरेमा,
(ख) दफा ४ को उपदफा (३) विपरीत अलग बस्न बाध्य पारेमा,
(ग) दफा ८ को उपदफा (१) विपरीत भिक्षा माग्न लगाएमा,
(घ) दफा ८ को उपदफा (२) विपरीत सन्यासी, भिक्षु वा फकिर बनाएमा,
(ङ) दफा ८ ख. को उपदफा (१) र (२) विपरीतको काम गरेमा वा गर्न लगाएमा,
(च) हेरचाह केन्द्र, दिवा सेवा केन्द्र वा सेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा पदाधिकारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले कुनै काम गरे वा गराएमा ।